सुर्खेतमा स्यालले टोकेर १८ घाइते

सुर्खेत । पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकामा स्यालको टोकाइबाट १८ जना घाइते भएका छन् ।

गुर्भाकोट नगरपालिका–४ को मिलनचोक, आँप खोली र बाघखोरमा घरमै बसिरहेको अवस्थामा स्थानीयवासीलाई स्यालले टोकेको हो ।

बुधबार साँझ नौजना र बिहीबार दिउँसोसम्म नौजनालाई टोेकेको स्वास्थ्य चौकी सहारेका प्रमुख किरण वलीले जानकारी दिए ।

घाइतेलाई रेबिजविरुद्ध दिइने खोप स्थानीयस्तरमा दिइएको प्रमुख वलीले बताए ।

Published : Thursday, 2017 September 7, 5:24 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया