ग्लोबल आइएमई बैंकभित्रको विवाद ‘लिक’

काठमाडौं । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले राजीनामा दिएपछि बैंक समस्यामा पर्ने देखिएको छ ।

किनकी बैंकलाई उनले छोटो समयमा नै सफलताको मुखमा पु-याएका थिए । वर्तमान अध्यक्ष चन्द्र ढकाल, आइएमई रेमिट्यान्सका सिइओ सुमन पोखरेल र डेपुटी सिइओ जनक शर्मा पौडेलको समूहले बैंकमा हस्तक्षेप गरेर गैरकानुनी क्रियाकलापमा दबाब दिएपछि ज्ञवालीले राजीनामा दिएको स्रोत बताउँछ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

आफ्नो अधिकारभित्र रहेर काम गर्न खोज्दा डेपुटी सिइओ पौडेलले ज्ञवालीलाई राजीनामा दिन बाध्य बनाएको बैंकभित्र चर्चा छ ।

स्रोतका अनुसार अब सिइओ बन्नका लागि पौडेललाई अध्यक्ष ढकालले ग्रिन सिग्नल दिइसकेका छन् तर बोर्डले भने अस्वीकृत गर्ने संभावना छ ।

ग्लोवल आइएमई बैंकमा चन्द्र ढकालले गरेका गैरकानुनी काम र अनियमितताका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान अयोगले पनि छानविन गरिरहेको छ ।

अख्तियारको विशेष अनुसन्धान महाशाखले आइएमई बैंकको सम्पूर्ण खाता विवरण मगाएर अनुसन्धान थालेपछि ढकालले अख्तियारका प्रमुख आयुक्त दिप बस्नेतलाई प्रभावमा पार्न खोजेको अख्तियार स्रोतबाट थाहा हुन आएको छ ।

अबैध हुण्डी कारोबारमा समेत आईएमी ग्रुपको संलग्नता रहेको भन्दै राष्ट्र बैंकका उच्च अधिकारीले समेत छानविन गर्न खोज्दा पनि ढकालको शक्तिका कारण राष्ट्र बैंकले केही गर्न सकेको छैन । जुन विवाद अख्तियारमा समेत पुगेको स्रोत बताउँछ ।

२०७२ जेठमा ग्लोबल आइएमई दोस्रो पटक प्रवेश गरेका ज्ञवालीले कार्यकालको दुई वर्ष बाँकी छँदै बाहिरिएका हुन ।

नबिल बैंकमा चार वर्षे कार्यकाल पूरा गरेर ग्लोबल आइएमई पुगेका उनी त्यसअघि पनि ग्लोबल आइएमईमा नै कार्यकालको एक बर्ष बाँकी छँदै बाहिरिएका थिए ।

तत्कालिन नेपाल अरब बैंक (अहिलेको नबिल) को संस्थापक कर्मचारीका रुपमा ३० बर्ष अगाडी बैंकिङ करियर सुरु गरेका ज्ञवाली त्यहाँ माथिल्लो व्यवस्थापनमै नियुक्त भएका थिए ।

१९८४ बाट १९९६ सम्म करिब १२ वर्ष नबिल बैंकमा रहेका उनले त्यसपछि अमेरिकास्थित सिटी बैंकको नेपाल शाखा प्रमुख भएर काम गरेका थिए ।

Published : Thursday, 2017 September 7, 10:13 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया