चन्द्रनिगाहपुरमा शक्तिशाली बम विष्फोट, निशानामा मेयरका उम्मेदवार

रौतहट । रौतहट जिल्लाको चन्द्रनिगाहपुर नगरपालिकाको पूर्वपश्चिम महेन्द्र राजमार्गमा अज्ञात समूहले शक्तिशाली बम विष्फोट गराएको छ ।

नेकपा (माओवादी केन्द्र)को तर्फबाट मेयर पदमा बुधबार उम्मेदवारी दर्ता गराएका समीर भट्टराईको घर नजिकै बम विष्फोट भएको स्रोतले जनाएको छ । बुधबार राति करिव साढे नौ बजे बम विष्फोट भएको थियो । विष्फोटबाट कुनै क्षति नभएको स्रोतको भनाइ छ ।

बम विष्फोटको जिम्मेवारी कसैले लिएको छैन । यसअघि मंगलबार राति लहानमा पनि अज्ञात समूहले बम विष्फोट गराएको थियो ।

सुरक्षा स्रोतका अनुसार सो विष्फोट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गरेको हुन सक्ने अनुमान गरेको छ ।

Published : Wednesday, 2017 September 6, 10:21 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया