देउवा र भारतसँग एमालेको यति धेरै रिस किन ?

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको राजकीय भ्रमण सकेर स्वदेश फर्किएका छन् । उनको आलोचना गर्न वामपन्थीहरूले गर्न भने छाडेका छैनन् । देउवा प्रधानमन्त्री भएदेखि सुरु भएको आलोचना भारत भ्रमणपछि त झन् बढेर गएको छ ।

देउवाले भारत भ्रमणका बेला त्यस्तो आकाशै खस्ने कुनै सहमति वा सन्धि गरेका छैनन् । उनले कोशीको उच्च बाँध र संविधान संशोधनका विषयमा मुख खोलेका थिए ।

तर, कोशी ड्यामको विषय भारतले पनि चासो राख्नु स्वभाविक हो । भारतको सहयोग नहुँदासम्म कोशीको बाँध असम्भव छ ।

कुटनीतिक रुपमा भारतलाई रिझाएर कोशी बाँध आफू अनुकूल बनाउँदा नै नेपाललाई फाइदा हुन्छ । भारतलाई चिढ्याउने हो भने हुलाकी राजमार्गको अवस्था कोशी बाँधले ब्यहोर्नु नपर्ला भन्न सकिँदैन ।

यो सबै बुझेका बामपन्थीहरूले किन भारत र प्रधानमन्त्री देउवाको बिरोध गरिरहेका छन् बुझ्नु पर्ने भएको छ । केपी ओली प्रधानमन्त्री भएका बेला भारतले भनेका कुरा सबै गर्न तयार रहेको भनेर सन्देश पठाउने एमालेजनहरूको विरोधको अर्थ खोज्नु पर्ने बेला भएको छ ।

प्रधानमन्त्री देउवाले भारत भ्रमणबारे संसदमा जानकारी दिइ सकेका छन् । तर, एमाले र केही साना बामपन्थीहरूले चित्त बुझाएका छैनन् ।

बरु नेपाललाई चीनतिर झुकाब गराउनु पर्छ भनि रहेका छन् । उनीहरूले के बुझ्नु जरुरी छ भने नेपालमा चीन या भारत कसैको पनि हस्तक्षेप हुनु हुँदैन ।

देउवाले जसरी कुटनीतिक रुपमा भारतलाई स्थानीय तहको निर्वाचनप्रति सकारात्मक टिप्पणी गर्न बाध्य बनाएका छन् त्यसको सह्राना गर्नुपर्छ । विरोध गर्नुको कुनै अर्थ छैन ।

प्रधानमन्त्री देउवाले राष्ट्र र जनताविरुद्धका कुनै निर्णय या सन्धि गर्न थाले भने सबैभन्दा पहिला तीन बामपन्थीहरू सन्धि गर्नुपर्छ भनेर अगाडि आउने छन् ।

बरु नेपाली कांग्रेसले नै मुलुकलाई जोगाउनु पर्ने अवस्था आउनेछ । बामपन्थीहरूले आफूमा सुधार गर्नु अनिर्वाय छ । सधै विरोधको राजनीति गरेर मात्रै हुँदैन । सहमति र सहकार्यको राजनीति गर्न सक्नु पर्छ ।

Published : Monday, 2017 September 4, 6:00 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया