समयभित्रै निर्वाचन हुन्छ : प्रधानमन्त्री देउवा

काठमडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश नं २ अन्तर्गतको स्थानीय तह र प्रदेश तथा संघीय संसद्को निर्वाचन निर्दिष्ट समयभित्रै स्वतन्त्र, स्वच्छ र भयरहित रुपमा सम्पन्न गराउने विषयलाई प्रमुख प्राथमिकतामा राखी सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् ।

राष्ट्रिय विकास समस्या समाधान समितिको आज बसेको ४० औँ बैठकमा समितिका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री देउवाले संविधान कार्यान्वयनका लागि महत्वपूर्ण आधारका रुपमा रहेका उपरोक्त निर्वाचन सफल गराउन राजनीतिक दल, नागरिक समाज, कर्मचारीतन्त्र तथा सुरक्षा निकाय सबैको सहयोग र सक्रियताको अपेक्षा गरेका हुन् ।

हालैको बाढीले तराई मधेशमा पु¥याएको जनधनको क्षतिप्रति सरकारले संवेदनशील भएर तत्कालीन राहत उपलब्ध गराएको बताउँदै उनले क्षतिको अनुमान तथा आवश्यकता पहिचान गरी निश्चित कार्यान्वयन योजना बनाई पुनःस्थापना तथा पुनःनिर्माणका योजनाबद्ध कार्यक्रम कार्यान्वयन गर्नुपर्ने स्थिति रहेको धारणा व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले भने, ‘राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र सम्बन्धित विषयगत मन्त्रालयसमेतको सहकार्यमा ती कार्य यथाशीघ्र अघि बढाउन म गृह मन्त्रालयलाई निर्देशन दिन्छु । साथै, निकट भविश्यमा हुन गइरहेको प्रदेश नम्बर २ को निर्वाचनलाई समेत मनन गर्दै बाढीबाट क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनःनिर्माण गरी आवातजावत सुचारु गराउने व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयको ध्यान आकृष्ट गराउँदछु ।’

Published : Monday, 2017 September 4, 5:01 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया