बीबीएसको प्रश्नपत्र आउट गर्ने गिरोह पक्राउ, दाङका रिजाल संलग्न

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले सञ्चालन गरेको बीबीएस परीक्षाको प्रश्नपत्र आउट भएको रहस्य खुलेको छ ।

प्रश्नपत्र आउट गर्ने गिरोहलाई प्रहरीले यिनन्त्रणमा लिएको जनाएको छ । बीबीएस पहिलो वर्षको बिजनेस इकोनेमिक्सको प्रश्नपत्र आउट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको हो ।

परीक्षाको प्रश्नपत्र गोप्य रुपमा लिक गरी आर्थिक असुली गर्दै आएको १४ जनाको गिरोहलाई महानगरीय प्रहरी वृत्त कालीमाटीले पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको महानगरीय प्रहरी परिसर काठमाडौंका रामदत्त जैसीले बताए ।

कलंकीस्थित गणेशमानसिंह क्याम्पसमा परीक्षा केन्द्रबाट प्रश्नपत्र आउट भएको रहस्य खुलेको थियो ।

प्रहरीले १४ जनालाई पक्राउ गरी गुपचुप सार्वजनिक मुद्दा चलाएको छ । उक्त परीक्षा केन्द्रमा परीक्षा दिँदै आएका विश्व चापागार्इं मोबाइलबाट चिट चोर्दै गरेको अवस्थामा फेला परेका थिए ।

उनलाई त्यो फोटो काठमाडौंको सिफलमा रहेको ब्रिलियन्ट कलेजको लेखा शाखामा काम गर्ने रविन्द चन्दले दिएको पत्ता लागेको थियो ।

पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्वरका रविन्द्र चन्द, दाङ फूलवारीका दुर्गा रिजाल, सिन्धुली पोखरीका तिलकबहादुर रावत, काभ्रे तिमालका जयराम बडाल, धनुषाका कौशल घिमिरे, अछाम साँफेका रेवन्त ठकुल्ला छन् ।

प्रहरीका अनुसार अभियुक्त रविन्द्रले प्रश्नपत्रको फोटो खिचेर शुरुमा सो फोटो दुर्गालाई भाइवरमार्फत पठाएका थिए । सो फोटो दुर्गाले ब्लुटुथमार्फत रावतलाई, रावतले पनि जयरामलाई, जयरामले कौशललाई र कौशलले ठकुल्लालाई पठाए ।

अभियुक्त ठकुल्लाले खोटाङका केदार भट्टराईलाई, भट्टराईले नुवाकोटका बद्री सापकोटा, सापकोटाले संखुवासभाका विसु राईलाई, विसुले स्याङजाका कुसुम थापा, कुसुमले मकवानपुरका उर्मिला थिङ तामाङ, कालिकोटका उपेन्द्र जोशीलाई, पर्वतका विश्व चापागाई र झापाका उमेश ढकाललाई पठाइदिएका थिए ।

Published : Sunday, 2017 September 3, 7:33 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया