गर्ल्स बास्केट बलको फाइनलमा न्यु समिट प्रवेश

काठमाडौं । न्यु समिट र गोल्डेनगेट इन्टरनेसनल कलेज आठौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको गर्ल्समा आइतबार फाइनलमा प्रवेश गरेका छन् ।

बल्खुस्थित आयोजक काठमाडौं बर्नहार्ट कलेजको कोर्टमा भएको सेमिफाइनलमा न्यु समिटले ट्रिनिटी इन्टरनेसनल कलेजलाई ५४–३८ ले पराजित ग-यो ।

विजयी टिमका लागि पविन राईले २३ अंक योगदान गरे । आशिष महर्जनको १४ अंक सहयोगमा गोल्डेनगेटले जेभियर इन्टरनेसनल कलेजलाई ५५–४८ ले हरायो ।

गर्ल्समा जेभियर र साइपाल एकेडेमी उपाधिका लागि भिड्ने भएका छन् । जेभियरले न्यु समिटलाई ३७–१२ ले पाखा लगाउदै दोहोरो उपाधिनजिक पुग्नबाट रोक्यो ।

जेभियरकी रोजी नापितले १८ अंक जोडिन् । साइपालले बर्नहार्टको यात्रा ४७–१४ ले सहजै पूर्णविराम लगायो । फाइनल सोमबार हुनेछ ।

Published : Sunday, 2017 September 3, 6:11 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया