अबैध भारतीय रुपियाँसहित दुई जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले अबैध रुपमा राखिएको एक करोड भारतीय रुपियाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी बृत्त स्वयम्भुले भारतीय रकमसहित दुई जनालाई पक्राउ गरेको डिएसपी किशोर श्रेष्ठले जानकारी दिए ।

पक्राउ पर्नेमा गोरखा निवासी महिला र पुरुष छन् । भारतीय रुपैयाँ सटही गर्न ग्रहाक खोज्दै गर्दा सो रकम बरामत भएको प्रहरी भनाइ छ ।

पाँच सय र एक हजार नोटको बण्डलमा रहेको उक्त रकम नेपालीमा एक करोड आठ लाख हुन आउँछ ।

बन्देज गरिएको यति ठूलो रकम काँहाबाट आयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी बृत्त स्वयम्भुका डिएसपी किशोर श्रेष्ठले जानकारी दिए ।

Published : Sunday, 2017 September 3, 9:39 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया