पुस्पा बादीलाई तेक्वान्दो च्याम्पियनसिपको स्वर्ण पदक

काठमाडौं  । इसिडिसी तेक्वान्दो डोजाङकी पुस्पा बादीले दोस्रो मनमैजू आमन्त्रण तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छन् ।

शुक्रबार तारकेश्वरस्थित कौशल इंग्लिस सेकेन्डरी स्कुलमा भएको च्याम्पियनसिपको महिला २२ केजी तौलसमूहमा पुस्पाले स्वर्ण जितिन् । पुस्पाले फाइनलमा मुलपानीकी मेलिना राईलाई हराउँदै स्वर्ण हात पारिन् ।

मनमैजू तेक्वान्दो डोजाङको आयोजनामा भएको २ दिने प्रतियोगितामा कुल १४ तौलसमूहमा प्रतिस्पर्धा हुँदै छ । पुरुषमा ८ र महिलामा ६ तौलमा प्रतिस्पर्धा हुने मनमैजू तेक्वान्दो डोजाङ प्रमूख राजकुमार ठकुरीले बताए ।

प्रतियोगिताको उद्घाटन तारकेश्वर नगरपालिका मेयर रामेश्वर बोहोरा ,वडा नम्बर ८ का अध्यक्ष मनोज घिमिरे र कार्यक्रम संयोजक साधुराम खत्रीले गरेका थिए ।

सो अवसरमा नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य नोर्बु लामा,पारा तेक्वान्दो प्रशिक्षकद्व कल्याण कुँवर,कविराज नेगी लामा र काठमाडौं जिल्ला तेक्वान्दो कार्यसमितीका सचिव कुमार लामा घिसिङलगायतको उपस्थिती रहेको थियो ।

Published : Saturday, 2017 September 2, 10:59 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया