पोखरामा गोरु काट्ने चार जना पक्राउ

पोखरा । गोरु काटेको आरोपमा पोखरामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पोखरा लेखनाथ महानगरपालिका २१ का गोपाल परियारको २ वर्षको बहर गोरु काटेर खाएको आरोपमा ४ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पोखरा लेखनाथ महानगरपालीका २१ का २९ वर्षीय मदन परियार, २६ वर्षीय सुवास परियार, १८ वर्षीय प्रवीण नेपाली र २७ वर्षीय नवराज परियार छन् ।
भालुडाँडा जाने बाटो छेउमा गोरु काटेर खाएको भन्ने सूचनाका आधारमा प्रहरी चौकी छोरेपाटनबाट गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।
प्रहरीले घटनाका विषयमा थप अनुसन्धान गरिरहेको बताएको छ ।
Published : Saturday, 2017 September 2, 10:56 am
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
यसमा तपाइको मत