खड्कप्रसाद ओली संकटमा, लिए यस्तो खतरनाक रणनीति

काठमाडौं । एमालेका अध्यक्ष खड्कप्रसाद ओलीको कुटिल राजनीतिका कारण आधा दर्जन शीर्ष नेताहरूको राजनीति अन्त्य हुने मोडमा पुगेको छ ।

कथित राष्ट्रवादको नाममा पार्टीभित्र समेत कब्जा जमाएका ओलीले आधा दर्जन शीर्ष नेताहरूलाई समाप्त पार्ने गरेर योजना बनाएको खुलासा भएको हो ।

ओली निकट उच्च स्रोतका अनुसार अबको महाधिवेशनमा अध्यक्ष र पदाधिकारीको आकंक्षा लिएर बसेका बामदेव गौतम, ईश्वर पोखरेल, भीम रावल, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली, योगेश भट्टराई, रामकुमारी झाँक्री, घनश्याम भुसाललगायतका नेताहरूको राजनीति अन्त्य हुने बाटोतिर लागेको छ ।

ओलीले उनीहरूको राजनीति समाप्त पार्ने गरेर खतरनाक योजना बनाएको खुलासा भएको छ । यसको प्रमाण ओलीले केन्द्रीय कमिटीको बैठकमा आफूलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेर त्यसको पुष्टि गरेका छन् ।

ओलीले यी नेताहरूलाई अध्यक्ष र पदाधिकारी बनाउने भन्दै एक्लाएक्लै भेटेर लोभ देखाउने गरेको खुलासा भएको छ । बामदेव गौतमलाई ओलीले पार्टीभित्रको उमेर हद हटाएर अध्यक्ष बनाइदिने तथा प्रधानमन्त्रीका लागि बाटो खोल्ने आश्वासन दिइरहेका छन् । सुवचन्द्र नेम्वाङलाई प्रधानमन्त्री वा राष्ट्रपतिको लोभ देखाइ रहेका छन् ।

पार्टीमा सबैभन्दा अलोकप्रिय नेता ईश्वर पोखरेललाई भने ओलीले अध्यक्ष बनाइदिने भनेर थामथुम पारेर राखेका छन् । क्षुद्र व्यवहारका कारण ईश्वर पोखरललाई पार्टीमा कसैले पनि मन पराउँदैनन् ।

सांसद र महासचिवको सपना देखेका अर्का अलोकप्रिय नेता शंकर पोखरेलले माधव नेपाल समूह परित्याग गरेर ओली समूह प्रवेश गरेका थिए । अहिले ओली निकट रहेका पोखरेललाई ओलीले नै राजनीति समाप्त पार्ने तयारीमा रहेका छन् । यो कुरा राम्रैसँग बुझेका शंकर पोखरेल तत्काल ओलीलाई छाड्न चाहँदैनन् । गृह जिल्ला दाङका एमालेका कार्यकर्तालाई रुष्ट बनाएका पोखरेलको व्यहारले पार्टी नै दुई धारमा पुगेको छ ।

यसैगरी सबै नेताहरूलाई ओलीले आश्वासन बाँडेका छन् । तर, पूरा गर्ने अवस्थामा छैनन् । २ नं. प्रदेशको नतिजापछि आत्तिएका ओलीले एमालेलाई जोगाउन यस्तो खतरनाक रणनीति अख्तियार गरेको स्रोतको भनाइ छ । भारतसँगको सम्बन्ध बिगारेका ओलीलाई ठूलो चिन्ताले सताइ रहेको छ । भारतले एमालेलाई २ नं. प्रदेशमा देखाइ दिएको भनेर केन्द्रीय कमिटी बैठकमा धारणा समेत राखेका छन् ।

Published : Sunday, 2017 September 24, 11:36 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया