८८ किलो सुन काण्डमा प्रहरीलाई ठूलो सफलता, न्यूरोडबाट पक्राउ परे असली मालिक

काठमाडौं । ८८ किलो सुनका थप आरोपीहरूलाई महानगरीय प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय र नेपाली नागरिक छन् ।
भदौ १९ क्षेत्रपाटीमा पार्किङ गरी राखेको बा. १७ च. ६४२७ नं. को गाडीको खानतलासी गर्दा ८८ के.जी. सुन बरामद भएको थियो । प्रहरीले सुनको असली मालिक र मतियारहरूको खोजतलास गर्दै आएको छ ।
भन्सार ऐन २०६४ विपरित संगठित भई अवैध तवरले भन्सार छली सुन ओसारपसार गरेको संगठित अपराध मुद्दाको अनुसन्धान गर्दै जाने क्रममा चिनियाँ नागरिक पान विमिङ र यान वेबेङको संलग्नता रहेको खुलेको थियो । उनीहरू फरार छन् ।
नेपालका केही सुन व्यवसायीहरूको संलग्नता रहेको अनुसन्धानबाट खुल्न आएपछि ती व्यक्तिहरूको खोजतलास एवम् अनुसन्धान गर्ने क्रमामा असोज २ गते साढे एक बजे उपत्यकाका विभिन्न स्थानहरूबाट पाँचजना सुन व्यवसायीहरू पक्राउ परेको महानगरीय प्रहरी टेकुद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ पर्नेमा दार्चुला जिल्लाको काँटे गाउँपालिका वडा नं.३ घर भई हाल काठमाडौंको न्यूरोडस्थित रञ्जना कम्प्लेक्समा कार्यविनायक सुनचाँदी गहना पसल सञ्चालन गरी बस्ने ४२ वर्षीय गणेशदत्त वडु रहेका छन् । उनको पसलबाट १० लाख ८२ हजार नेपाली रुपियाँ, ८ हजार भारतीय नोट, अमेरिकन डलर १ हजार १ सय पनि बरामद भएको छ।
भारतको महाराष्ट्र साङली जिल्ला आठपाडी थाना घर भई हाल ओटुमा पशुपति सुन चाँदी खार्नी पसल सञ्चालन गरी बस्ने ३८ वर्षीय नन्दकुमार मर्गलाई पनि पक्राउ गरिएको छ ।
त्यसैगरी भारतको महाराष्ट्र साङली जिल्ला आठपाडी थाना घर भई हाल काठमाडौंको ओटुमा सिद्धनाथ सुनचाँदी खार्नी पसल सञ्चालन गरी बस्ने ५८ वर्षीय उल्लास दिनकर सालुखे पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा काठमडौं महानगरपालिका– २५ वाङ्गेमुढा घर सोही स्थानमा शाक्य सुनचाँदी पसल सञ्चालन गरी बस्ने ५९ वर्षीय शुभरत्न शाक्य पनि पक्राउ परेका छन् । उनको सुनचाँदी पसलबाट १ एक करोड४२ लाख नगद, १ के.जी. २०९ ग्राम सुन, चाँदीको सिक्का २ हजार ४ सय ७८ ग्राम फेला परेको छ ।
भारतको विहार मधुवनी जिल्ला जयनगर थाना घर भई काठमाडौंको नरदेवीमा रविश्या ट्रेडर्स सञ्चालन गरी बस्ने ५९ वर्षीय सत्यनारायण अग्रवाल पनि पक्राउ परेका छन् । उनको डेरा कोठा खानतलासी गर्दा नेपाली रुपियाँ १३ लाख ५० हजार नगद बरामद भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
यसमा तपाइको मत