वीरगञ्जमा कांग्रेसलाई उछिन्यो राजपाले

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा राष्ट्रियजनता पार्टी नेपालका मेयरका उम्मेदवार राजेशमान सिंहले १२३९ मतसहित लिड गरेका छन् । उपमेयरमा ३७१ मत आएको छ ।

नेपाली कांग्रेसका मेयरका उम्मेदवार अजय द्विवेदीले ९६६ मत पाएका छन् । उपमेयर ४२५ मत आएको छ ।

संघीय फोरमका विजय सारावगीले ४७३ र उपमेयरले २४४ मत पाएका छन् । एमालेका बसरुद्धिन अन्सारीले मेयरमा ३२५ र उपमेयरमा ९६ मत पाएका छन् ।

माओवादी केन्द्रका रह्बर अन्सारीले मेयरमा ४०९ र उपमेयर १६४ मत पाएका छन् । लोकतान्त्रिक फोरमका विमल श्रीवास्तवले मेयरमा २९३ र उपमेयर ९३ मत पाएका छन् ।

Published : Wednesday, 2017 September 20, 9:21 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया