हरेक टोलले सुरक्षा स्वयंसेवक तयार पार्नुपर्छः गृहमन्त्री

सुरक्षा स्वयंसेवक तयार पार्नुपर्छः

२० साउन, सिन्धुली । जिल्ला समन्वय समिति बनाउन एमाले-काँग्रेसवीच भएको गठबन्ध पाँच दिनपछि तोडिएको छ ।

साउन १८ गते राति ११ वजे एमालेका अध्यक्ष प्रदिप कटुवालको घरमा माओवादी र एमालेवीच अर्को सहमती भएपछि एमाले-कांग्रेस गठबन्धन तोडिएको हो ।

एमाले-माओवादीको नयाँ गठबन्धन अनुसार एमालेलाई जिससको संयोजक सहित चार र माओवादीलाई उप-संयोजकसहित पाँच पद दिने सहमति भएको छ ।

एमाले र माओवादीवीच नयाँ तालमेल भए पछि अव नेपाली काँग्रेस पराजित हुने निश्चित भएको छ ।

जिसस चुनावका लागि एमालेका तर्फबाट संयोजकमा शंकरराज बर्मा,सदस्यहरुमा गंगा कार्की,बिन्दा परियार र ऐमान तामाङ्गले मनोनयन दर्ता गरेका छन ।

माओवादी केन्द्रका सहसंयोजकमा सम्झना अधिकारी दनुवार,सदस्यहरुमा भगवती पुलामी,तेजवहादुर सुनुवार,अमृत वाइवा र चित्र बुढाथोकीले सदस्यमा मनोनयन दर्ता गराएका छन् ।

साउन २५ गते हुने जिल्ला समन्वय समितिको निर्वाचनमा एमालेसँग ७ माओवादीसँग ६ र नेपाली कांग्रेससँग ५ भोट छ । अहिलेसम्म नेपाली काँग्रेसका तर्फवाट उम्मेदवारी दर्ता भएको छैन् ।

यस अघि साउन १५ गते नेपाली काँग्रेस र एमालेवीच जिससको चुनावको लागि संयोजक नेपाली काँग्रेसलाई दिएर उपसंयोजक सहित ८ सदस्य एमालेले लिने सहमति भएको थियो ।

Published : Friday, 2017 August 4, 8:43 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया