दाङमा बाढी र डुबानले एघार करोड क्षति

दाङ । दाङ जिल्लामा बाढी र डुबानका कारण कृषि तथा पशु चौपायातर्फ रु १० करोड ७५ लाखभन्दा बढीको क्षति भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले दिएको जानकारीअनुसार एक हजार ११५.७४ हेक्टर क्षेत्रफलको धान मकै बगाउँदा रु आठ करोड २६ लाख ६२ हजार बराबरको क्षति भएको छ ।

यस्तै, बाढीले १०२.४ मेट्रिक टन सञ्चित खाद्यान्न बगाउँदा रु ५१ लाख ५२ हजार, १० मेट्रिक टन सञ्चित बीउ बगाउँदा रु नौ लाख ८८ हजार र एउटा च्याउ फार्म बगाउँदा रु २० लाख बराबरको क्षति भएको आपत्कालीक कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी खिलानाथ दाहालले जानकारी दिनुभयो ।

पशु चौपायाको गोठ बगाउँदा रु ३७ लाख २३ हजार र १३ वटा माछा पोखरी बगाउँदा रु ५० लाख ८० हजारको नोक्सानी भएको छ ।

जिल्लामा बाढीले २८ गाईगोरु, दुई भैँसी, ९४ भेडाबाख्रा, दुई सँुगुर, स्थानीय कुखुरा र हाँस गरी २१७ तथा ब्रोइलर तीन हजार १५० बगाएको छ ।

Published : Thursday, 2017 August 31, 6:30 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया