सस्तोमा ओप्पोको एक्स्पर्ट ए ३७ नेपाली बजारमा

काठमाडौं । ओप्पोले सेल्फी एक्स्पर्ट ए३७ कालो रंगमा नेपाली बजारमा बिक्री सुरु गरेको छ ।

उपभोक्तालाई क्यामेरा फोन मार्फत पृथक अनुभव दिने सोचका साथ ओप्पो ए३७ कालो रंगमा उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

सार्वजनिक गरिएको नयाँ एडिशनमा परिस्कृत कलरओएस ३.०का साथै २ उच्च कार्यसम्पादन क्षमता सहितका क्यामेरापनि जडान गरिएको कम्पनीले उल्लेख गरेको छ । यो मोबाइलको मूल्य १५ हजार ५ सय ९० रुपैयाँ तोकेको छ ।

ओप्पो ए ३७ पहिलो पटक गोल्ड रंडमा सार्वजनिक गर्दा देखि नै यसलाई कालो रंगमा पनि उपलब्ध गराउन उपभोक्ताले अनुरोध गरिरहेका थिए ।

कम्पनीका अनुसार ओप्पो ए३७ले न्यून प्रकाश भएका स्थानमा समेत आकर्षक सेल्फी अनुभव प्रदान गर्ने क्षमता राख्छ ।

फोनमा रहेको ५ मेगा पिक्सेल क्षमताको फ्रण्ट क्यामेरामा १–४ ईञ्च सेन्सर र आफ्नो मूल्य श्रेणीमै सर्वाधिक ठूलो १–४ म्यूएम पिक्सेल सहितको ओम्निबीएसआई रहेको कम्पनीको दाबी छ ।

यसले प्रकाश समवेदनशिलता बढाई फोटोमा न्वाइज घटाउन उल्लेख्य मात्रामा सघाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार डिस्प्लेको माध्यमबाट फ्ल्यास फाल्ने प्रविधि अर्थात् स्क्रिन फ्ल्यास फिचरको सुविधा सहितको यो फोनले जुनसुकै अवस्थानमा प्राकृतिक तथा उज्यालो सेल्फीको सुनिश्चितता प्रदान गर्छ ।

यो फोनले ७ भिन्न ईन्टेलिजेन्ट ब्यूटिफिकेशन सपोर्ट गर्नुका साथै भिन्दा भिन्दै स्किन टोनलाई दृष्टिगत गर्दै २ छुट्टै मोडपनि उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

Published : Thursday, 2017 August 31, 4:25 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया