यी नायिकाले किन शरीर बेच्न पुगिन् ?
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2017/08/12.jpg?resize=720%2C510)
मुम्बई । ४० वर्ष पहिले बलिउड नायिका विमीको निधन भएको थियो । विमी ती नायिकामध्ये एक थिइन् जसले ६० र ७० को दशकमा फिल्मी पर्दामा राज गरिन् । उनको सुन्दरताको हरेकले तारिफ गर्दथे ।
उनको जीवन निकै कष्टपूर्ण तरिकाले बित्यो । फिल्ममा आउनुपूर्व नै विमी विवाहित थिइन् । यसले उनको फिल्मी करियरमा केही प्रभाव पारेन । पहिलो फिल्म ‘हमराज’ बाटै उनी रातारात स्टार बनिन् । त्यसपछि उनका लागि फिल्मको लाइन लाग्यो ।
निर्माता निर्देशकले विमीलाई आफ्नो फिल्ममा अनुबद्ध गर्नका लागि उनको घर नै धाउने गर्दथे । एकाएक विमीको उत्कृष्ट करियरमा उनका श्रीमानले बाधा पु-याउन सुरु गरे ।
अभिनेत्री विमीका श्रीमान् उनलाई निकै प्रताडित गर्दथे । विमीले कुन फिल्म खेल्ने, कुन नखेल्ने भन्नेबारे उनका श्रीमानले नै तय गर्थे । श्रीमानका कारण उनको स्टारडम क्रमशः कम हुन थाल्यो । आजित भएर विमी श्रीमानसँग अलग भइन् । उनको करियर धुमिल भइसकेको थियो । जसले उनलाई अत्यधिक प्रभावित तुल्यायो ।
फिल्म निर्माता उनीसँग टाढा हुन थाले । फिल्मको अफर पनि बन्द भयो । जसका कारण विमीसँग न त कुनै भावुक समर्थन थियो न नै व्यवसायिक । काम नभएपछि उनी आर्थिक समस्याबाट गुज्रनु प-यो । विमीले आफ्ना निर्मातासँग आर्थिक सहयोग माग्दा सबैले अस्वीकार गरे ।
आर्थिक समस्याका कारण विमीले आफू बस्ने गरेको बंगला (घर) पनि छोड्नु परेको थियो । त्यसपछि विमी एकाएक हराइन । उनको खोज खबर गर्ने कोही पनि थिएन । डिप्रेशन, करियर समाप्त भएपछि विमीले आफूलाई रक्सीको कुलतमा धकेलिन् ।
आर्थिक समस्यासँग जुघ्नका लागि विमीले वेश्यावृत्ति पनि अपनाएको बताइन्छ । जसले विमीको बचेको करियर पनि बर्बाद भयो । नायिका विमीको मृत्युपश्चात् शव यात्राका लागि पैसा थिएन । उनको शवलाई एक ठेलामा राखेर अन्तिम संस्कारका लागि लैजानुपरेको थियो । नायिका विमीको अन्तिम यात्रामा चार–पाँच जनामात्र उपस्थित थिए । – एजेन्सी
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sherbahadur-Deuba-1-1.jpg?resize=200%2C200)
सभापति देउवाले विश्वासको मत दिँदा दिएको अभिव्यक्ति
शेरबहादुर देउवा, सभापति एवं नेता संसदीय दल, नेपाली कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sudarshan-Thapaliya.jpg?resize=200%2C200)
यसमा तपाइको मत