आदित्य र प्रशंसालाई स्वर्ण

काठमाडौं । अक्षरा स्कुलका आदित्य सुवेदी र प्रिमियर इन्टरनेसनल स्कुलकी प्रशंसा मोक्तानले १० औं एलए/जेटीआई अन्तरविद्यालय जुनियर खुला टेनिस प्रतियोगितामा सोमबार स्वर्ण जितेका छन् । आदित्य यु–१२ ब्वाइज सिंगल्स तथा प्रशंसा यु–१० गर्ल्स सिंगल्समा च्याम्पियन बने ।

हात्तीवनस्थित आयोजक लिटिल एन्जल्स (एलए) को कोर्टमा भएको यु–१२ ब्वाइज सिंगल्स फाइनलमा आदित्यले नेपाल पुलिस स्कुलका निश्चल अधिकारीलाई ६–२ र ६–२ को सोझो सेटमा पराजित गरे ।

यु–१० गर्ल्स सिंगल्स उपाधि भिडन्तमा प्रशंसाले सेन्ट मेरिजकी इभा अधिकारीलाई ६–४ र ६–४ को सीधा सेटमा हराउदै व्यक्तिगत दोहोरो स्वर्ण जितिन् । यसअघि प्रशंसा यु–९ गल्र्स सिंगल्समा च्याम्पियन बनेकी थिइन् ।

यु–१० ब्वाइज सिंगल्समा काष्ठमण्डप विद्यालयका प्रणव मानन्धर र पुलिस स्कुलका प्रसिद्ध बस्नेत फाइनलमा प्रवेश गरेका छन् ।

सेमिफाइनलमा प्रणवले जोन डेवीका आयुशमान हजुर घलेलाई ६–१ र ६–२ तथा प्रसिद्धले केन्द्रीय विद्यालयका राजवीर प्रधानलाई ६–२, २–६ र १०–८ ले पाखा लगाए ।

प्रतियोगिताको अन्तिम दिन मंगलबार यु–१० ब्वाइज सिंगल्ससहित ३ सिंगल्स फाइनल खेल हुनेछन् ।

यु–१४ सिंगल्सको ब्वाइजमा सेन्ट जेभियर्सका आदित सुवेदीले शुभताराका सम्यकभूषण वज्राचार्य तथा गल्र्समा एलएकी सलोनी तामाङले एस स्कुलकी रायना शाहसंग फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

Published : Monday, 2017 August 28, 11:33 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया