दाङमा पाँचजना डेङ्गुका बिरामी फेला

दाङ । दाङको तुलसीपुरमा डेङ्गुका बिरामी फेला परेका छन् । तुलसीपुरस्थित सिटी अस्पतालमा पाँचजना डेङ्गु रोगका बिरामी फेला परेका हुन् ।

अस्पतालमा उपचारका लागि आएका बिरामीको रगतको गरिक्षण गर्दा डेङ्गुको संक्रमण फेला परेको अस्पतालका डा सुवोधकुमार शर्माले जानकारी दिनुभयो ।

तुलसीपुर–५ र ६ का एक पुरुष र दुई महिला त्यसैगरी शान्तिनगर गाउँपालिकाका र मानपुर–४ मा दुईजना महिलामा डेङ्गु रोग फेला परेको हो ।

अस्पतालमा भर्ना भएकामध्ये दुईजना महिला उपचारपछि घर फर्केको र दुई महिला र एक पुरुषको अस्पतालमा उपचार भइरहेको डा. शर्माले जानकारी दिनुभयो ।

लामखुट्टेको टोकाईबाट लाग्ने यो रोगबाट बच्न सरसफाईमा ध्यान दिनुपर्ने चिकित्सकहरूको सुझाव छ । यस अघिपनि जिल्लामा १३ जना डेङँगु रोगका विरामीहरू फेला परेका थिए ।

Published : Saturday, 2017 August 26, 11:30 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया