ओलीले भन्दैमा राजीनामा दिन्नः देव गुरुङ
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङले कुनै व्यक्तिले भन्दैमा आफूले पदबाट राजीनामा नदिने प्रतिक्रिया दिएका छन् ।
नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै गुरुङले पार्टीले निर्णय गरेर राजीनामा माग्यो भने मात्रै दिने अन्यथा राजीनामा नदिने बताए । उनले भने, ‘प्रधानमन्त्रीजीले राजीनामा मागेर राजीनामा दिन्न । पार्टीले निर्णय गरेको छैन । पार्टीले हटाउन पनि सक्छ । नहटाउन पनि सक्छ ।’
प्रमुख सचेतक गुरुङले विचार र नीतिबाट बिचलित भएर गरिने आबेगका कुरालाई मान्न नसकिने बताए ।
‘राजीनामा दिन्न । व्यक्तिले भन्दैमा हुँदैन । पार्टीले निर्णय गरेको छैन । पार्टीको बैठकमा छलफलको एजेण्डा हुन्छ’, उनले भने, ‘पार्टीले भन्यो भने कुनै पनि समयमा हटाउन सक्छ । प्रधानमन्त्रीले गर्ने काम पार्टीको नीति र निर्देशनमा हुनुपर्छ ।’
प्रमुख सचेतक गुरुङले अबको १५ दिनभित्र संसदको बैठक बसिसक्नुपर्ने अबस्थामा प्रधानमन्त्रीले अध्यादेश जारी गरेको भन्दै विरोध गरेका छन् । ‘यस्तो अवस्थामा अध्यादेश जारी गर्ने कुरा उचित छैन’, उनले भनेका छन् ।
प्रधानमन्त्री ओलीले प्रमुख सचेतक गुरुङले असहयोग गरेको भन्दै राजीनामा माग गरेका छन् । गुरुङले दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आदेशमा राजीनामा दिन अनाकानी गरिरहेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया