ओली र भण्डारीलाई संविधान विपरितको हर्कत नगर्न तरुण अध्यक्षको चेतावनी

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले संवैधानिक परिषदसम्बन्धी अध्यादेश तुरुन्त फिर्ता गर्न दवाव दिएका छन् ।

अध्यक्ष बस्नेतले मंगलबार प्रेस नोट जारी गरेर संविधान विपरितको कार्यलाई तत्काल सच्याउन प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई सचेत गराएका हुन् । उनले संविधान र विधिको शासन विपरित अधिनायकवादी शासन शैलीमा सरकार चलाउने हर्कतको विरोध गरेका छन् ।

‘प्रधानमन्त्रीले आफ्नो स्वयच्छाचारी तरिकाले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश अत्यन्तै अलोकतान्त्रिक, संविधानको मर्म र भावना विपरीत छ’, अध्यक्ष बस्नेतले भनेका छन्, ‘त्यसैले उक्त अध्यादेश तुरुन्त फिर्ता लिन र जारी अध्यादेशलाई टेकेर तत्काल कुनै पनि निर्णय नगर्न अनुरोध गर्दछु ।’

अध्यक्ष बस्नेतले चेतावनी शैलीमा भनेका छन्, ‘सम्माननीय राष्ट्रपति ज्यूको भूमिका अभिभावकको हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा जस्तो देखिन आएको हुँदा आफ्नो शैली सुधार गर्नका लागि समेत अनुरोध गर्दछु ।’

प्रधानमन्त्री ओलीले अध्यादेशमार्फत संवैधानिक निकायमा नियुक्त गर्ने हर्कत गरेपछि तरुण दलले विरोध गर्दै संविधानलाई मान्न सचेत गराएको छ ।

Published : Tuesday, 2020 December 15, 11:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया