राष्ट्रपति र प्रधानमन्त्रीको कांग्रेस नेता खतिवडाद्वारा आलोचना, कारिन्दा नबन्न चेतावनी
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कम्युनिस्ट सरकारले ल्याएको अध्यादेशको विरोध गर्दै खारेज गर्न माग गरेका छन् ।
खतिवडाले मंगलबार ट्वीट गर्दै प्रधानमन्त्री खड्गप्रसाद ओलीले सर्वसत्तावादी र अधिनायकवादी काम गरेको बताएका छन् ।
‘आज फेरि संवैधानिक परिषदसम्बन्धी अध्यादेश आएछ’, उनले भनेका छन्, ‘यो प्रधानमन्त्रीको सर्वसत्तावादी र अधिनायकवादी काम हो ।’
खतिवडाले भनेका छन्, ‘संविधानमाथिको नाङ्गो आक्रमण हो । यो तुरुन्तै फिर्ता हुनुपर्छ । राष्ट्रपतिज्यू प्रधानमन्त्रीको कारिन्दा हुनुहुन्न । देशको राष्ट्रपति हुनुपर्छ ।’
संवैधानिक परिषदको बैठकलाई सभामुख अग्निप्रसाद सापकोटाले बहिस्कार गरेपछि ओलीले परिषदको बैठक कार्यसञ्चालनसम्बन्धी अध्यादेश ल्याएर जान खोजेका हुन् । ओलीको यो कदमको विरोध भएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया