घोराहीको सडकमा कांग्रेसका कार्यकर्ता देखेर नेताहरूनै छक्क, जिल परे कृष्णबहादुर महरा र शंकर पोखरेल
घोराही । नेपाली कांग्रेसले दाङको घोराहीमा कम्युनिस्ट सरकारविरुद्ध भब्य प्रदर्शन गरेको छ ।
घोराहीस्थित पार्टी कार्यालयबाट सोमबार शुरु भएको कांग्रेसको विरोध र्यालीमा हजारौँ कांग्रेस नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । र्यालीले विभिन्न नारा जुलुस लगाउँदै घोराही बजार परिक्रममा गरी सभामा परिणत भएको थियो ।
सरकारले कोभिड–१९ रोकथाम नियन्त्रण र उपचारमा उदासिनता देखाएको, स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचार, पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको गिरफ्तारी लगायतको विरुद्धमा दाङ कांग्रेसले प्रदर्शन गरेको हो ।
केन्द्रीय सदस्य दीपक गिरीले झण्डै दुईतिहाइको बहुमतको कम्युनिष्ट सरकारले जनभावना अनुसार काम गर्न नसकेको आरोप लगाए । गरिव तथा विपन्न र सर्वहारा बर्गको कम्युनिष्ट पार्टी भनेपनि अहिले भ्रष्टाचार प्रति लिप्त भएको उनले बताए ।
नेता गिरीले आफूहरू राणाकालदेखि लोकतन्त्रको पक्षमा लामो संर्घष गर्दै आएको पार्टी भएपनि नेपाली जनताले कम्युनिष्टलाई भोट दिएर जिताएको बताए । उनले अहिलेको सरकारले देश र जनताको लागि केहि गर्न नसकेको आरोप लगाएका छन् ।
उनले यो देशको लोकतन्त्र रक्षा गर्ने पार्टी नेपाली कांग्रेस भएको र आफूहरू सधै प्रतिगामीको विरुद्धमा उभिने बताएका छन् ।
नेता गिरीले ओली सरकार भीरमा पुगेर लड्नै लागेको दाबी गरेका छन् । पछिल्लो पटक नेकपाको बैठकमा पेश भएका प्रधानमन्त्री केपी ओली र प्रचण्डका लिखित दस्ताबेजले सबै कुरा छर्लङ्ग पारेको बताए ।
केन्द्रीय सदस्य पार्वती डिसी चौधरीले कांग्रेसको आन्दोलनले ओली सरकारलाई बढार्ने चेतावनी दिइन् ।
कांग्रेस केन्द्रीय सदस्य योगेन्द्र चौधरी, आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे, प्रदेश सांसद डिल्ली चौधरी, अर्जुन श्रेष्ठले पनि धारणा राखेका थिए ।
नेकपाका सांसद कृष्णबहादुर महरा र मुख्यमन्त्री शंकर पोखरेलले काम गर्न नसकेको भनेर आलोचना भइरहेको छ । कांग्रेसको प्रदर्शनमा कार्यकर्ताहरू आएको देखेर महरा र पोखरेललाई तनाब भएको कांग्रेस नेताहरूले चर्चा गरेका छन् ।








बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया