भक्तपुरमा कम्युनिस्टलाई सुध्रिन कांग्रेस कार्यकर्ताको चेतावनी, चर्का नारावाजीले ओलीको घर थर्कियो
भक्तपुर । अधिनायकवादी कम्युनिस्ट सरकारविरुद्ध नेपाली कांग्रेस भक्तपुरले भव्य प्रदर्शन गरेको छ ।
सोमबार भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापाको नेतृत्वमा प्रधानमन्त्री खड्गप्रसाद ओलीविरुद्ध प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागीहरूले ओली र कम्युनिस्ट सरकारविरुद्ध चर्का नारावाजी लगाएका थिए ।
नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापाका अनुसार विरोध र्यालीमा सहभागीहरूले कम्युनिस्ट सरकार भ्रष्टाचार भएको भन्दै जनताले सडकमा फाल्ने चेतावनी दिएका छन् ।
विरोध ¥यालीमा भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापा, कांग्रेसका उप–सभापति विमलेन्द्र निधि, प्रदेश सांसद कृष्णलाल भँडेल, केन्द्रीय सदस्य सीता गुरुङ, नेपाल तरुण भक्तपुरका अध्यक्ष राजु थापालगायत हजारौँ नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
सल्लाघारी चोकबाट शुरु भएको विरोध र्याली अनरनिको राजमार्ग हुँदै सूर्यविनायकमा पुगेर विरोध सभामा परिणत भएको थियो ।
प्रधानमन्त्री ओलीको घर रहेको भक्तपुरमा कांग्रेसका कार्यकर्ता उत्साहित भएर कम्युनिस्टविरुद्ध प्रदर्शन गरेका थिए ।
उपसभापति निधिले संसद्को अधिवेशन छिटोभन्दा छिटो बोलाउन सरकारसँग माग गरेका छन् ।
निधिले देशमा भएका समस्याको समाधान संसद्बाटै खोज्नुपर्ने भएकाले तत्काल संसद् बैठक बोलाउन माग गरे । कांग्रेससँग निर्वाचन कुर्नाको विकल्प नभएको जनाउँदै उनले आगामी निर्वाचनको तयारीका लागि गाउँगाउँमा जान कार्यकर्तालाई आह्वान गरेका छन् ।
करीब तीन वर्षका अवधिमा जनताले दिएको मतको सरकारले कदर गर्न नसकेको र जनताले चाहेअनुसार सरकार नगएको आरोप लगाउँदै उनले प्रतिपक्ष दलले शिलान्यास र उद्घाटनसमेत गर्न नहुने गरी रोक्नु गलत भएको जिकिर गरे ।
सरकार भ्रष्टाचार नियन्त्रण, सुशासन, रोजगारीको व्यवस्था, कोरोना नियन्त्रणजस्ता विषयमा गम्भीर हुनुपर्ने उनले औँल्याए ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वराज्यमन्त्री सीता गुरुङ, आमन्त्रित केन्द्रीय सदस्य रमा पौडेल, भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, तरुण दलका अध्यक्ष राजु थापालगायतले सरकारले जनभावनानुकूल काम गर्नुपर्नेम बताएका छन् ।














बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया