ललितपुरमा अधिनायकवादी कम्युनिस्ट सरकारविरुद्ध भव्य प्रदर्शन, ओलीलाई सडकबाट फाल्ने चेतावनी

जावलाखेल । नेपाली कांग्रेस ललितपुरले कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध भव्य प्रदर्शन गरेको छ ।

लगनखेलबाट शुरु भएको कांग्रेसका नेता कार्यकर्ताको विरोध र्‍याली मंगलबजार हुँदै जावलाखेलमा पुगेर विरोध सभामा परिणत भएको थियो ।

विरोध र्‍यालीमा कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादव, ललितपुर कांग्रेसका सभापति मदनबहादुर अमात्य, पूर्वराज्यमन्त्री एवम् युवा नेता उदयशम्शेर राणा, नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत, युवा नेता एवम् खेलकुद विभागका सचिव मीनकृष्ण महर्जनलगायतका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

प्रधानमन्त्री खड्गप्रसाद ओलीविरुद्ध नारावाजी गर्नुका साथै कांग्रेसका कार्यकर्ताहरूले अधिनायकवादी कम्युनिस्ट सरकारलाई सडकबाट जनताले अपदस्थ गर्ने बेला आउन थालेको चेतावनी दिएको ललितपुर कांग्रेसका युवा नेता मीनकृष्ण महर्जनले जानकारी दिए ।

विरोध सभालाई सम्बोधन गर्ने क्रममा कोषाध्यक्ष सीतादेवी यादवले कम्युनिस्टहरूमा शक्तिको उन्माद मौलाउँदै गएको बताइन् । उनले अब जनताले कम्युनिस्टहरूलाई सडकबाट हटाउने दिन आउने क्रममा रहेको बताएकी छिन् ।

Published : Monday, 2020 December 14, 10:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया