धेरै चुरीफुरी नगर्नुस् ओलीजी, घरबाट बाहिन आउन नसक्ने अवस्था होला, इलाममा कांग्रेसको प्रदर्शन
इलाम । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीको सहारामा नबस्न सुझाव दिएका छन् ।
इलाममा नेपाली कांग्रेसले सोमबार आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै खतिवडाले राष्ट्रपतिलाई आफ्नो गरिमा र मर्यादामा बस्न चेतावनी दिए । उनले भने, ‘तपाई केपी ओलीजी कति दिन विद्यादेवी भण्डारीको सहारामा टिक्नु हुन्छ ? राष्ट्रपतिजीले पनि आफ्नो मर्यादालाई कायम राख्नुस् ।’
सरकार निरंकुश र अधिनायकवादी बन्दै गएको आरोप लगाएका खतिवडाले भने, ‘ओलीजी सिंहदरबार जान सक्नु हुन्न । गएपछि शीतल निवास जानु हुन्छ । अलिक गर्मी भयो कि शीतल निवास गइहाल्नु हुन्छ ।’
‘पार्टी कार्यालयमा ओलीजीलाई सुरक्षा थ्रेट हुन्छ रे ! होली वाइन खाएर सोल्टीमा सुतेर एक लाख लिएर आउँनु हुन्छन्’, उनले भने, ‘ओली जतिको राष्ट्रवादी भनेर हिँड्छन् त्यो राष्ट्रवाद नाङ्गिएको छ ।
मोदी जनकपुरमा आउँदा मोदीकै ड्रेस लगाएर पुग्नुभयो । जो उग्रराष्ट्रवादी हुन्छ त्यो त्यति नै राष्ट्रघाति हुन्छ ।’

‘स्कुलको किताबमा नक्सा छापिदा पनि ओलीले स्कुलमा किताब जान दिनुभएन । रोक्नुभयो’, खतिवडाले भने, ‘ओली भारतको एजेन्ट हो । ओलीजी धेरै चुरिफुरी नगर्नुस् अर्को पटक बालुवाटारबाट होइन घरबाट बाहिर निस्कन नसक्ने अवस्थामा पुग्नु हुनेछ ।’
कांग्रेसका कारण एमाले र माओवादी भन्ने पार्टीको नामोनिसान नै नरहेको बताएका खतिवडाले भने, ‘कसैले गर्दा नसकिएको कांग्रेस ओली र कम्युनिस्टले भन्दैमा सकिदैन ।’
खतिवडाले कांग्रेस सत्तामा जाने समय आउँदै गरेको बताएका छन् । ‘कांग्रेस सत्तामा जान्छ । तर, ०७९ सालमा जितेर कांग्रेस सत्तामा जान्छ’, उनले भने, ‘कलंकित भएको, संसारले नपत्याएको, जनतासँग घृणित भएको, भ्रष्टाचारी सरकारमा कांग्रेस जाँदैन ।’

उनले भनेका छन्, ‘नाता, दाता र भ्राताको भन्दा यो सरकार अरुको सरकार हुन सकेन । नेकपाका मतदाताले मतदान गरेर ठीक गरेको भन्दै प्रशंसा गरेका खतिवडाले भने, ‘तपाईहरूले जिताएको कम्युनिस्ट नेताले के गरे भनेर सोँच्नुस् । यो भ्रष्ट कम्युनिस्टका पछाडि नलाग्नुस् । कांग्रेसलाई जिताउनुस् । विकास र तपाईहरूका समस्या कांग्रेसले पूरा गर्छ । विगतमा पनि कांग्रेसकै जनप्रतिनिधिले इलामको विकास गरेका छन् ।’
कांग्रेसले संविधान बनाएर आफू पराजित भएर पनि कम्युनिस्टहरूलाई सत्तामा पु¥याएको उनले बताएका छन् ।

‘हामी हारे पनि जंगलमा बसेकाहरूलाई प्रधानमन्त्री बनायौँ’, उनले भने, ‘दुई वटा कम्युनिस्ट पार्टीबाट चार वटा प्रधानमन्त्री बनाउने काम भयो । कम्युनिस्टले कर्मचारीको हातमा सरकार पु¥याए । कांग्रेस संविधान बनाउन जानु पर्यो । हाम्रोले सिद्धान्त र मूल्य मान्यताको जित भएको छ ।’
इलामबाट निर्वाचित पूर्वप्रधानमन्त्री समेत रहेका नेकपाका वरिष्ठ नेता झलनाथ खनाल इलामको विकास गर्न छाडेर सर्लाहीमा सर्प पाल्नतिर लागेको भन्दै कांग्रेस नेता खतिवडाले भनेका छन्, ‘इमलका जनताले जिताएका जनप्रतिनिधि ७२ करोडको सर्पको विकास गर्न सर्लाही जानुभएको छ । इलाममा भोट माग्नुभयो । इलामेली जनताले जिताएर पठाए ।’ खतिवडाले सुवास नेम्वाङलाई पनि बालुवाटारमा चक्कर लगाउन गएको भन्दै आलोचना गरे ।

उनले ओली सरकार इतिहासमा सबैभन्दा धेरै भ्रष्ट सरकार भएको बताए । ओली सरकारले माधवकुमार नेपाल, विष्णु पौडेललाई बालुवाटार जग्गा काण्डमा उन्मुक्ति दिएको भन्दै खतिवडाले असन्तुष्टि जनाएका छन् । उनले भने, ‘बालुवाटारको जग्गा मोहीको नाममा ल्याएर छोराको नाममा पास गर्ने व्यक्तिलाई मुलुकको अर्थ व्यवस्थाको ढुकुटीको जिम्मेवारी दिइएको छ ।’
वाइड बडी काण्डमा सबैभन्दा ठूलो भ्रष्ट प्रधानमन्त्री ओली भएको कांग्रेस नेता खतिवडाले बताएका छन् । ओलीले तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई आफैले सफाइ दिएको भन्दै खतिवडाले भने, ‘रविन्द्र अधिकारी भ्रष्ट होइनन् भने सबैभन्दा ठूलो भ्रष्ट प्रधानमन्त्रीजी हुनुहुन्छ ।’

एक पटक निर्वाचन हार्दैमा आत्तिन नहुने खतिवडाले बताएका छन् । ‘ओलीजी पनि झापाबाट निर्वाचन हार्नुभएको हो’, उनले भने, ‘ओलीलाई हराउने माओवादी नेता विश्वदीप लिङ्देन अहिले कांग्रेसमा प्रवेश गर्नुभएको छ ।’ खतिवडाले अहिले निर्वाचन भयो भने निर्वाचन जितेका नेकपाका ७५ प्रतिशत नेताको जमानत जफत हुने समेत बताएका छन् ।
विरोध सभा हुनुभन्दा पहिला नेपाली कांग्रेस इलामले निकालेको विरोध र्यालीले इलामको विभिन्न स्थानको परिक्रमा गरेको थियो । विरोध र्यालीमा हजारौँ इलामेली जनता सहभागी थिए । उनीहरूले कम्युनिस्ट सरकारविरुद्ध नारावाजी गरेका थिए ।



बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया