ओलीका आसेपासे र भ्रष्टाचारीको मात्रै बन्यो सरकारः कांग्रेस नेतृ उपाध्याय

हेटौँडा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डिना’ले कम्युनिस्ट सरकारविरुद्ध हेटौँडामा दोस्रो पटक जनमानस उर्लिएको आफूले देखेको बताएकी छिन् ।

हेटौँडामा कांग्रेसले सोमबार आयोजिता गरेको विरोध सभालाई सम्बोधन गर्ने क्रममा उपाध्यायले जनताले कम्युनिस्टहरूलाई नचाहेको बताइन् । उनले भनेकी छिन्, ‘कम्युनिस्टलाई जनताले चाहँदैनन् । जनताले कांग्रेस चाहिन्छ भनेर सडकमा आएका छौँ ।’

कांग्रेसको नेतृत्वमो बनेको संविधानलाई कम्युनिस्टहरूले संविधान कार्यान्वयनमा अबरोध सिर्जना गरेको उनले बताइन् ।

‘संविधान कार्यान्वयन रोक्ने काम कम्युनिस्टले गरेका छन्’, उनले भनेकी छिन्, ‘यो सरकार भ्रष्टाचारीको सरकार हो । बलात्कारीको सरकार हो । गरिव मारा सरकार हो । किसान मारा सरकार हो ।’

‘यो सरकार जनताको हुन सकेन’, कांग्रेस नेतृ उपाध्यायले भनेकी छिन्, ‘यो सरकार ओलीका आसेपासे र भ्रष्टाचारीको मात्रै सरकार बन्यो ।’

Published : Monday, 2020 December 14, 2:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया