खतिवडाले नेकपाका दुई ठूला नेताको जिल्लामा हुने कांग्रेसको विरोध सभालाई सम्बोधन गर्ने
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले इलाम कांग्रेसले गर्न लागेको कम्युनिस्ट सरकार विरोधी प्रदर्शनलाई सम्बोधन गर्ने भएका छन् ।
इलाम कांग्रेसले मंसिर २९ गते सोमबार इलाममा सरकारविरुद्ध भव्य प्रदर्शन गर्दै छ । सो प्रदर्शनलाई युवा नेता खतिवडाले सम्बोधन गर्ने कार्यक्रम रहेको खतिवडाका स्वकीय सचिव हुकुम राईले जानकारी दिए ।
खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारको सर्वसत्तावादी प्रवृत्ति, दमन, कोभिड–१९ नियन्त्रणमा असफल, राज्य आतंक, चर्को मूल्य वृद्धि, महिला हिंसा, कु–शासन, अधिनायकवादीको विरोध, वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको अभद्र ब्यावहारबिरुद्ध कांग्रेसले मंसिर २९ गते देशभरि एक साथ विरोध प्रदर्शन गर्दै छ ।
इलाम कांग्रेसको सभालाई सम्बोधन गर्न युवा नेता खतिवडा आइतबार इलाम जाँदै छन् ।
इलाम पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता झलनाथ खनाल र नेकपा संसदीय दलका उप–नेता सुवासचन्द्र नेम्वाङको गृहजिल्ला हो । खनाल र नेम्वाङको दल नेकपाले झण्डै दुईतिहाइको बहुमत पाउँदा पनि देश र जनताको पक्षमा काम गर्न सकेको छैन ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया