दाङ कांग्रेसद्वारा मंसिर २९ को भव्य तयारी, भ्रातृ संस्थाहरूलाई झण्डासहित उपस्थित हुन निर्देशन
घोराही । नेपाली कांग्रेस दाङले मंसिर २९ गते अधिनायकवादी कम्युनिस्ट सरकारविरुद्धको विरोध प्रदर्शनको धमाधम तयारी भइरहेको जनाएको छ ।
दाङ कांग्रेसले मंसिर २९ गते सरकारविरुद्ध भव्य प्रदर्शन गर्न लागेको सचिव शंकर डाँगीले जानकारी दिएका छन् । उनले विरोध सभामा सबै भ्रातृ संस्थाहरूलाई आफ्नो झण्डासहित सहभागी हुन निर्देशन दिएका छन् ।
‘मंसिर २९ गते घोराही जाऔँ, बृहत विरोध ¥याली तथा सभामा सहभागी बनौँ’ भन्ने मूल नाराका साथ दाङ कांग्रेसले सडकमा शक्ति प्रदर्शन गर्न लागेको छ । घोराहीस्थित पार्टी कार्यालयमा बिहान साढे ११ बजे जम्मा भएर विरोध प्रशन हुनेछ ।
सरकारको सर्वसत्तावादी प्रवृत्ति, कोभिड १९ को नियन्त्रणमा असफलता, वास्थ्य सामग्रीमा अनिमियतता, राज्य आतंक, चर्को मूल्य बृद्धि, भ्रष्टाचार, महिला हिंसा, कर बृद्धि तथा कुशासनको विरुद्धमा विरोध ¥याली हुन लागेको दाङ कांग्रेसले जनाएको छ ।
कांग्रेसले भद्र प्रतिपक्षीको रुपमा पटक–पटक सरकारलाई उसका गतिविधि तथा कार्यशैलीप्रति खबरदारी गर्दै आएको छ ।
सरकारले कांग्रेसको सुझावलाई वास्ता गरेका कारण जनताका सामु प्रतिपक्षको भूमिका प्रदर्शन गर्नुपर्ने आवश्यकता भएको नेपाली कांग्रेस दाङका जिल्ला सभापति कीर्तिबहादुर खड्काले बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया