अधिनायकवादी सरकारविरुद्धको प्रदर्शनमा सहभागी हुन सह–महामन्त्री डा.महतद्वारा अपील
काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले अधिनायकवादी कम्युनिस्ट सरकारको विरोधमा हुन लागेको देशव्यापी विरोध प्रदर्शनमा सहभागी हुन अपील गरेका छन् ।
काठमाडौं क्षेत्र नं. ५ मा शनिबार आयोजित तयारी बैठकलाई सम्बोधन गर्दै डा.महतले अधिनायकवादी, भ्रष्टाचारी सरकारको बिरुद्धमा मंसिर २९ गते हुन लागेको देशव्यापी बिरोध कार्यक्रममा सहभागी हुन नेता कार्यकर्ताहरूलाई निर्देशन दिए ।
उनले जनताले विश्वास गरेर झण्डै दुईतिहाइको बहुमत दिँदा पनि जनताको पक्षमा ओली सरकारले काम गर्न नसकेको आरोप लगाए ।
सह–महामन्त्री डा.महतले कोरोना महामारीका बेला पनि सरकार भ्रष्टाचारमा लिप्त रहेको बताए ।
उनले सरकारको बेथिति, भ्रष्टाचार, अराजकता, वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको घटनालगायतको विरोधमा कांग्रेसले विरोध प्रदर्शन गर्न लागेको बताए ।
कांग्रेसलाई सत्ता पक्षबाट अनर्गल आरोपहरू बेलाबेला लगाउने गरेको भन्दै डा.महतले त्यस्ता कुराको पछाडि नलाग्न आग्रह गरेका छन् ।
नेपाली कांग्रेसले मंसिर २९ गते देशभरि सरकारविरुद्ध सडकमा प्रदर्शन गर्न थालेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया