कांग्रेसले सांसद पद दिएकी नेतृ साहले धोका दिइन, नेकपामा प्रवेश गर्दै

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवम् पूर्वसांसद कौसर साह सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गर्न लागेकी छिन् ।

कांग्रेसबाट समानुपातिकमा संविधान सभा सदस्य बनेकी साह शनिबार दिउँसो दुई बजे नेकपामा प्रवेश गर्न लागेको नेकपाको मुख्यालयले जनाएको छ ।

कांग्रेस नेतृ साहलाई नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गर्ने कार्यक्रम रहेको छ ।

Published : Saturday, 2020 December 12, 12:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया