हत्याराहरूलाई भोट दिएर सत्तामा पुर्याउँदा दण्डहीनता मौलायोः कांग्रेस नेता पाण्डे
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले व्यक्ति हत्या गर्ने हत्याराहरूलाई नै जनताले भोट दिएर सत्तामा पुर्याउँदा दण्डहीनता मौलाएको टिप्पणी गरेका छन् ।
कांग्रेसको तर्फबाट राष्ट्रिय सभामा संसदीय दलका पूर्वनेता समेत रहेका पाण्डेले व्यक्ति हत्या गर्नेलाई क्रान्ति भन्ने कार्यको विरोध गरेका हुन् । सामाजिक सञ्जालमार्फत नेता पाण्डेले व्यक्ति हत्या गरेर सत्तामा पुगेकाहरूका कारण दण्डहीनता भएको बताए ।
‘जहाँ व्यक्ति हत्यालाई क्रान्ति भनिन्छ र तिनै हत्याराहरूलाई क्रान्तिकारी ठानेर मतदान गरि सत्तामा पु¥याइन्छ, त्यहि सत्ता दण्डहीनतालाई प्रोत्साहित गर्दछ’, कांग्रेस नेता पाण्डेले भनेका छन् ।
‘त्यस्तो सत्ता र समाजबाट हत्या, हिंसाको अन्त्य कसरी होला र ?’, नेता पाण्डेले प्रश्न गरेका छन् ।
मोरङको मिक्लाजुङमा शिक्षक राजेन्द्रकुमार श्रेष्ठको विप्लव नेतृत्वको नेकपाद्वारा हत्या भएपछि आक्रोशित नेता पाण्डेले विरोध जनाएका हुन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया