कांग्रेसको संगठन विभागले मुख्यालयमै पायो कार्यालय

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय संगठन विभागले ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा कार्यालय स्थापना गरेको छ ।

विभागका सदस्य एवम् कांग्रेसका युवा नेता जन्मजय तिमिल्सिनाले पार्टी कार्यालय सानेपामै विभागको सम्पर्क कार्यालय स्थापना भएको जानकारी दिए ।

विभागका प्रमुख एवम् पार्टीका पूर्व उप–सभापति गोपालमान श्रेष्ठले बुधबार कार्यालयको औपचारिक रुपमा सञ्चालन समेत गरेका छन् ।

संगठन विभागको सबै काम र कार्यसम्पादनहरू पार्टी केन्द्रीय कार्यालयबाटै हुनेछ ।

विभागले संगठनका कामहरू कसरी गर्ने भनेर आन्तरिक रुपमा गृहकार्य गर्दै आएको छ ।

कार्यालय स्थापनासँगै व्यवस्थित रुपमा काम अगाडि बढ्ने सदस्य तिमिल्सिनाले बताएका छन् ।

Published : Wednesday, 2020 December 9, 10:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया