प्रचण्डका छोरीहरू उडेकै ठाउँबाट कांग्रेस नेता डा.कोइरालापनि उडे
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन् ।
कांग्रेसको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका डा.कोइराला बुधबार दिउँसो नयाँदिल्ली प्रस्थान गरेको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।
डा.कोइराला पश्चिम बंगालस्थित बागडोग्रा विमानस्थलबाट नयाँदिल्ली उडेका हुन् । केही हप्ता अगाडि नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरीहरू रेणु दाहाल र गंगा दाहाल यही विमानस्थल हुँदै नयाँदिल्ली गएको समाचार बाहिरिएको थियो ।
डा.कोइराला आफ्ना जेठा दाजु निरञ्जन कोइरालाको स्वास्थ्य अवस्था बुझ्न नयाँदिल्ली गएको उनका स्वकीय सचिव थपलियाले बताएका छन् ।
निरञ्जन कोइराला कोरोनाभाइरस संक्रमण भएपछि दिल्लीको म्याक्स अस्पताल भर्ना भएका छन् ।
कांग्रेस नेता डा.कोइरालाले नयाँदिल्लीमा भारतीय उच्च नेताहरूसँग पनि भेटवार्ता गर्नेछन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया