भोजपुरमा महिला संघको नयाँ कार्यसमिति, कांग्रेसलाई बलियो बनाउन निर्देशन

भोजपुर । नेपाली कांग्रेसले आफूलाई कम्युनिस्टहरूका विरुद्ध केन्द्रित गरिरहेका बेला भोजपुरमा नेपाल महिला संघले आफ्नो संगठन विस्तार गरेको छ ।

नेपाल महिला संघ भोजपुरले शनिबार नेपाल महिला संघ भोजपुर नगरपालिका कार्यसमिति गठन गरेको हो । नयाँ कार्यसमितिको सभापतिको जिम्मेवारी गीता पोखरेल खतिवडालाई दिइएको छ ।

उप–सभापतिको जिम्मेवारी भगवती खड्का, सचिवमा अनिता श्रेष्ठ र कोषाध्यक्षमा प्रतिमा थापालाई दिइएको छ ।

भोजपुर नगर कार्यसमिति २१ सदस्यीय बनाइएको नेपाल महिला संघ भोजपुर जिल्ला कार्यसमितिकी सचिव निर्मला खड्काले जानकारी दिएकी छिन् ।

कार्यक्रममा नेपाली कांग्रेस भोजपुरका साभापति नन्दमणि राई, नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँसहितका नेताहरूको उपस्थिति रहेको थियो ।

नेपाल महिला संघ भोजपुर नगर कार्यसमितिलाई सभापति राई र उपाध्यक्ष चापागाइँले शुभकामना दिँदै संगठनलाई चलायमान बनाउन निर्देशन दिएका छन् ।

उनीहरूले भोजपुरमा कम्युनिस्टहरूलाई परास्त गर्नुपर्ने भन्दै नेपाली कांग्रेसलाई बलियो बनाउने समय आएको बताए ।

Published : Monday, 2020 December 7, 9:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया