तुलसीपुरमा पनि तरुण दलको प्रदर्शन, कांग्रेसलाई कमजोर नठान्न चेतावनी
घोराही । नेपाल तरुण दल दाङले तुलसीपुरमा अधिनायकवादी कम्युनिस्ट सरकारविरुद्ध प्रदर्शन गरेको छ ।
तरुण दलका अध्यक्ष टीका घर्ती मगरको नेतृत्वमा बिहीबार तुलसीपुरमा भव्य प्रदर्शन भएको हो ।
प्रदर्शनकारी तरुणहरूले प्रधानमन्त्री ओली र कम्युनिस्ट सरकारविरुद्ध चर्का नारावाजी लगाएका थिए ।
तरुण दलले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा पुल उद्घाटनका क्रममा बुधबार भएको गिरफ्तारीको विरोधमा तुलसीपुरमा प्रदर्शन गरेको हो ।
तरुण दल दाङका अध्यक्ष घर्तीले कांग्रेसलाई कमजोर नठान्न चेतावनी दिएका छन् ।
उनले कम्युनिस्टहरूबाट हुने कुनै पनि प्रकारको दमन, अत्याचार र अधिनायकवादलाई तरुणहरूले स्वीकार नगर्ने चेतावनी दिए ।
Published : Thursday, 2020 December 3, 6:33 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया