सिसहनियाँमा १५ बेडको अस्पताल निर्माणका लागि भवनको शिलान्यास
तीर्थराज ज्ञवाली
सिसहनियाँ । दाङको राप्ती गाउँपालिकाको सिसहनियाँमा सोमवार १५ बेडको अस्पताल निर्माणका लागि भवनको शिलान्यास भएको छ ।
सिसहनियाँ स्वास्थ्य चौकी नजिकै सार्वजनिक जग्गामा १५ बेडको आधारभूत अस्पताल निर्माणको काम थालनि गर्न भवनको शिलान्यास गरिएको हो ।
अस्पतालको शिलान्यास नेकपाकी प्रतिनिधि सभाकी सांसद गंगा चौधरीले गरेकी हुन् । कार्यक्रममा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले स्वागत मन्तब्य दिएका थिए ।
अस्पतालको भवनका लागि स्थानीय नागरिकहरूको सहयोगमा १३ कट्ठा सार्वजनिक जग्गा उपलब्ध गराइएको राप्ती गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष गोवर्धन रावतले जानकारी दिए । बाँकी जग्गा क्रमशः उपलब्ध गराइनेछ ।



Published : Tuesday, 2020 December 1, 2:25 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया