मुम्बई घटनाको स्मरणमा जनकपुरमा र्याली
जनकपुरधाम । भारतको मुम्बईमा १६० जनाको ज्यान जाने गरि भएको घटनाको स्मरणमा नेपालमा मोटरसाइकल र्याली भएको छ ।
मोटरसाइकल र्याली ‘राष्ट्रिय एकता अभियान’ले बिहीबार जनकपुरधाममा निकालेको हो ।
सन् २००८ नोभेम्बर २६ तारिखका दिन मुम्बई शहरमा गोली चलेको थियो । घटनामा लगातार ६० घण्टासम्म गोलाबारी भएको थियो ।
२६–११ मुम्बई आतंकी हमला भनेर चिनिने आक्रमण मारिएकाहरूको सम्झनामा नेपालमा मोटरसाइकल र्याली निकालिएको सहभागीहरूले बताएका छन् ।
र्यालीमा दर्जनौँ सर्वसाधरणको कार्यकर्ताहरूको सहभागीता रहेको थियो ।
अभियानका समर्थकले आतंकवादलाई प्रसय दिन बन्द गर, आतंकवादको अन्त नै विश्वशान्तिको आगमन र आतंकवादलाई प्रसय दिने देश अपराधी लगायतका नारा लगाइएका थिए ।
अभियानका संयोजक विनय यादवले पाकिस्तानमा लुकेका आन्तकवादीहरूलाई कार्वाही नहुन्जेलसम्म विश्व शान्ति कायम हुन नसक्ने बताएका छन् ।
मुबईका दुुई वटा पाँचतारे होटल, सिएसटी रेलवे स्टेशन, नरिमन हाउस र मेट्रो सिनेमासहित १२ ठाउँलाई निशाना बनाएका थिए ।
२६ नोभेम्बरकै रात आतङ्कवाद निरोधक दस्ताका प्रमुख हेमन्त करकरेसहित मुम्बई पुलिसका केही अधिकारी हमलामा मारिएका थिए ।
लियोपोल्ड क्याफे र छत्रपति शिवाजी टर्मिनस (सिएसटी)बाट शुरु भएको घटना ६० घण्टापछि पाँचतारे होटल ताज महलमा पुुगेर २९ नोभेम्बरमा समाप्त भएको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया