तरुण अध्यक्ष बस्नेतद्वारा काठमाडौंमा स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष अध्यक्ष जितजंग बस्नेतले काठमाडौं क्षेत्र नम्बर ३ मा निःशुल्क स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेका छन् ।

जोरपाटीको नयाँ बस्तीमा बुधबार अध्यक्ष बस्नेतले १६ वटा सामाजिक संघ संस्थाहरूलाई ६६ थान अक्सीमिटर हस्तान्तरण गरेका हुन् । अक्सीमिटरसँग बस्नेतले १५ हजार थान सर्जिकल मास्क पनि उपलब्ध गराएका छन् ।

गैर आवासीय नेपाली संघ अमेरिकाको अन्तर्राष्ट्रिय समन्वय परिषदका सल्लाहकार तथा नेपाली कांग्रेसका महासमिति सदस्य हरिबोल भण्डारीद्वारा उपलब्ध गराईका ती सामग्रीहरूलाई अध्यक्ष बस्नेतले हस्तान्तरण गरेका हुन् ।

नेपाल तरुण दल काठमाडौं निर्वाचन क्षेत्र नं. ३ ले गरेको कार्यक्रममार्फत स्वास्थ्य सामग्री वितरण गरिएको थियो ।

Published : Wednesday, 2020 November 11, 4:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया