वीरगञ्जमा विष्फोटक पदार्थसहित भारतीय नागरिकहरू पक्राउ

वीरगञ्ज । भारतबाट नेपालभित्र्याइएको पटाका प्रहरीले वीरगञ्जमा बरामद गरेको छ ।

रक्सौलबाट विभिन्न किसिमको पटाका खरिद गरी वीरगञ्जतर्फ ल्याउँदै गरेको पटाका पक्राउ गरेको प्रहरीले जनाएको छ ।

ना. २ ह. ३०४६ नम्बरको अटो रोकी चेकजाँच गर्दा २ वटा प्लाष्टिकको बोरामा विष्फोटक पदार्थ (पटाका) १०–१० वटा बन्डल, १००० वटा प्याकेट पटाका, ना. २ ह. ३०४६ नम्बरको अटो र साइकल थान–१ सहित बरामद गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले वीरगञ्ज–१६ इनर्वा बस्ने २० वर्षीय रञ्जनकुमार साह, भारत बिहारको रक्सौल मौजेटोल २६ वर्षीय राजकुमार गुप्ता, २६ वर्षीय शैलेशकुमार चौरसिया र ३० वर्षीय अखिलेशप्रसाद चौरसियालाई नियन्त्रणमा लिएको प्रहरीले उल्लेख गरेको छ ।

पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइ विस्फोटक पदार्थसम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको छ ।

Published : Thursday, 2020 November 5, 10:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया