कांग्रेस नेतृ एवम् उप–महानगरकी वडा सदस्य परियारको निधन

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेकी नेतृ एवम् वडा सदस्य शान्ति परियारको निधन भएको छ ।

नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर २ की वडा सदस्य परियारको कोरोनाभाइरसको संक्रमणबाट निधन भएको कांग्रेस नेता सुरेन्द्र हमालले जानकारी दिएका छन् ।

नेता हमालले सामाजिक सञ्जाल फेसबुकमार्फत नेतृ परियारको निधन भएको जनाएका हुन् ।

नेपाली कांग्रेसबाट स्थानीय तहको निर्वाचनमा परियार वडा सदस्यमा उम्मेदवार बनेर निर्वाचित भएकी थिइन् ।

नेपाली कांग्रेसका नेताहरूले नेतृ परियारको निधनले पार्टीलाई ठूलो नोक्सान भएको जनाएका छन् ।

उनीहरूले परियारले समाज, पार्टी र वडाबासीलाई दिएको योगदानको चर्चा समेत गरेका छन् ।

बाँके कांग्रेसले पनि उनको निधनप्रति दुःख व्यक्त गरेको छ । परियार बाँकेमा लोकप्रिय थिइन् ।

Published : Tuesday, 2020 November 3, 7:22 am

फेसबुकबाट तपाईको प्रतिक्रिया