तरुण दलद्वारा सूर्यविनायकमा प्रहरीलाई सेनिटाइजर र मास्क वितरण
भक्तपुर । नेपाल तरुण दल सूर्यविनायक नगरपालिका नगर कार्यसमिति भक्तपुरले प्रहरीहरूलाई कोरोना महामारीको जोखिमबाट बच्न सेनिटाइजर र सर्जिकल मास्क उपलब्ध गराएको छ ।
सूर्यविनायक नगरपालिकाका १ देखि १० वडाका सबै प्रहरीलाई सेनिटाइजर र सर्जिकल मास्क हस्तान्तरण गरिएको नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापाले जानकारी दिए ।
जनताको सुरक्षमा जोखिम मोलेर खटिने प्रहरीहरूलाई तरुण दल सूर्यविनायक नगर कार्यसमितिले सानो सहयोग गरेको अध्यक्ष थापाले बताए ।
भक्तपुर तरुण दलका अध्यक्ष थापाले सुरक्षाकर्मी र स्वाथ्यकर्मीहरूको मनोवल बढाउनका लागि स्थानीय युवाहरूले रचनात्मक कामहरू गर्नुपर्ने बताए ।
नगर सभापति उमेश अधिकार, तरुण दल भक्तपुरका जिल्ला सदस्य सुमन कार्कीलगायतका समूहले मास्क र सेनिटाइजर वितरण गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया