माधव नेपालले ओली सरकारलाई साथ दिएनन्
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले बिरामीको उपचार गर्न नसक्ने भन्दै सरकारले आफ्नो उपचार आफै गर्नका लागि निर्देशिका जारी गरेको कुराप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले मंगलबार विज्ञप्ति जारी गरेर सरकारको उक्त निर्णयका आधारमा सरकारी अस्पतालहरूले निःशुल्क उपचार बन्द गरेका कारण संक्रमित नागरिकहरू थप मारमा परेको जनाएका हुन् ।
‘संकटका बेला राज्य सबै नागरिकको अभिभावकका रुपमा साथमा रहनुपर्ने बेलामा भएको यस्तो निर्णय विल्कुल अनुचित छ’, विज्ञप्तिमा भनिएको छ ।
‘यस्तो महामारीका बेला सबै नागरिकलाई समान रुपमा उपचार गराउनुपर्ने दायित्वबाट सरकार विमुख हुन मिल्दैन’, नेता नेपालले भनेका छन्, ‘त्यसमा पनि गरीबी, अभाव र बेरोजगारीले पिल्सिएका, बेसहारा तथा आर्थिक रुपमा विपन्न नागरिकको समस्या प्रति सरकार अत्यन्त संवेदनशील हुनुपर्नेमा नहुनु गम्भीर विषय हो ।’
‘संक्रामक रोगसम्बन्धी हाम्रा विद्यमान कानूनी प्रावधानहरूले पनि सरकारलाई यो दायित्व सुम्पिएका छन् भन्ने कुरालाई ध्यानमा राखी सबै नागरिकको उपचार गर्नुपर्नेमा आम नागरिकमा थप आतङ्क सिर्जना हुने गरी गरिएको उक्त विभेदकारी, गैरजिम्मेवार र जनताप्रति अनुत्तरदायी निर्णय अविलम्ब फिर्ता लिन म सरकारसँग जोडदार माग गर्दछु’, नेता नेपालले भनेका छन् ।
खड्गप्रसाद ओली नेतृत्वको झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले कोरोना संक्रमित बिरामीको उपचार र परीक्षण निःशुल्क गर्न नसक्ने भन्दै निर्देशिका नै जारी गरेपछि विरोध हुने क्रम जारी छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया