कैलालीमा असाईको शव भेटियो, जवान वेपत्ता
धनगढी । कैलाली जिल्लामा प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको शव भेटिएको छ ।
ड्युटीमा खटिएका असई विकको शव फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजी उत्तम सुवेदीले जानकारी दिए ।
असई विकसँगै रहेका प्रहरी जवान रामबहादुर साउद बेपत्ता छन् । अस्थायी प्रहरी पोष्ट जुगेडाबाट शनिबार राति ८ बजे नियमित गस्तीमा गएका असई विकको शव धनगढी उपमहानगरपालिका–११ को मोहना खोलामा भेटिएको डीआईजी सुवेदीले बताए ।
ड्युटी सकेर फर्किने समयमा पनि नआएपछि राति नै उनीहरूको खोजी थालिएको थियो । खोज्दै जाँदा मोहना नदीमा घोप्टो परेको अवस्था असाई विकको शव फेला परेको थियो ।
घटनास्थल नेपाल–भारत सीमामा पर्छ । असई विकले तस्करी नियन्त्रणमा आक्रामक रुपमा काम गर्दै आएका थिए ।
डीआईजी सुवेदीले असाईको शव फेला परेको घटना तस्करहरूले घटाएको प्रारम्भीक बुझाइ प्रहरीको रहेको जनाएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया