कोइराला फाउण्डेशनद्वारा अमेरिकामा निःशुल्क खाद्यान्न वितरण
न्युयोर्क । गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाले बुधवार निःशुल्क खाद्यान्न वितरण गरेको छ ।
न्युयोर्क शहरको क्वीन्स बोरोस्थित विभिन्न संघ–सस्थाहरूमार्फत २६औँ पटक खाद्यान्न वितरण गरिएको हो ।
गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाले रिभर फण्डका मुख्य उत्पादन अधिकारी डा.ओट्टो स्टार्जमेनसँग सहकार्य गरी ५७६ बक्स निःशुल्क दुग्धजन्य पदार्थहरू, फ्रोजन चिकेन, तरकारी र फलफूल वितरण गरेको छ ।
भ्वईसेस ल्याटिनाका निर्देशक रविनसन सुरीसँग फाउण्डेशनले सहकार्य गर्दै १०० बक्स निःशुल्क स्पानिस शुद्व खाना पनि वितरण गरेको फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले जानकारी दिएका छन् ।
वालुङ किदुग युएसएलाइ ९६ बक्स, जनसम्पर्क समिति न्युयोर्क च्याप्टर ४८ बक्स, संघ न्युयोर्क च्याप्टर ९६ बक्स, तमु परिवार अमेरिका ४८ बक्स, भोजराज ठोकर पाल्जुर शेर्पा ४८ बक्स, ह्योल्मो सोसाईटी अफ अमेरिका ४८ बक्स, सानु शेर्पा ८ बक्स, टेकबहादुर कार्की–दीप कँडेल ७ बक्स, नर–फु समाज अमेरिका ४८ बक्स र लाईनमार्फत बितरण १२९ बक्स निःशुल्क दुग्धजन्य पदार्थहरू, फ्रोजन चिकेन र फलफूल वितरण गरिएको छ ।
फाउन्डेसनको निःशुल्क खाद्यान्न वितरण कार्यक्रममा सहयोग गर्ने उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य छिरीङ्ग राप्के लामा, केन्द्रीय सदस्य विमल डाँगी खटिएका थिए ।
स्वयंसेवीहरूका रुपमा कांग्रेसका नेताहरू अनन्तराज सुवेदी, अनिलराज पाण्डे, प्रेमलाल बुढा मगर, विमल रोक्का, लक्ष्मण पुन, राम अधिकारी, विनोद सुवेदी, साङतेम्बा शेर्पा, फुर्पा शेर्पा, छेवाङ शेर्पा, आङ पासाङ शेर्पा, सेरगेल्पु शेर्पा, दावा शेर्पा, रिनजेन शेर्पा, सानु शेर्पा, समाजसेवी टंक खडका, वरिष्ठ लोक गायिका संगीता थापा मगर लगायत खटिएका थिए ।
गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाले रिभर फण्डका मुख्य उत्पादन अधिकारी डा.ओट्टो स्टार्जमेनलाई धन्यवाद दिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया