स्याङ्जामा पहिरोमा ज्यान गुमाएकाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसले अविरल वर्षाका कारण स्याङ्जाको वालिङ नगरपालिका वडा नं. १४ तमादीमा गएको पहिरोमा एकै परिवारका ९ जनाको मृत्यु र १ जना वेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

कांग्रेसले बिहीबार विज्ञप्ति जारी गरेर पहिरोबाट ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जलि र परिवारजनमा समवेदना प्रकट गरेको हो ।

‘स्याङ्जाकै कालीगण्डकी गाउँपालिका वडा नं. ४ मा १ जनाको मृत्यु, पाल्पाको रम्भा गाउँपालिकामा पहिरोले घर पुरिदा ५ जना वेपत्ता र कपिलवस्तुको बनगाई–डोहोट सडकखण्डअन्तर्गत कोइली खोलामा पजेरो जीप खोलाले बगाउँदा १ जनाको मृत्यु र १ जना वेपत्ता भएको घटनाप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दै सम्पूर्ण पीडितहरुको यो संवेदनशीलताप्रति सहानुभूति प्रकट गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

‘पहिरोमा परि जीवन गुमाउनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा नेपाली कांग्रेस भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछ र उहाँहरूका शोक सन्तप्त परिवारजनहरूमा हार्दिक समवेदना प्रकट गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘घाइतेहरुरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।’

‘वेपत्ताहरूको खोजी कार्यलाई तीव्रता दिन, पीडित परिवारहरुलाई राहत र स्वास्थ्योपचारको तत्काल व्यवस्था गर्न सरकारसँग नेपाली कांग्रेस माग गर्दछ’, कांग्रेसको विज्ञप्तिम भनिएको छ ।

Published : Thursday, 2020 September 24, 10:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया