प्रचण्डका घरबेटीलाई फेरि फाइदा
काठमाडौं । उच्च अदालत पाटनले कृषि तथा पशुपंछी विकास मन्त्रालयले गरेको मल ठेक्का रद्द प्रकरणमा अन्तरकालीन अन्तरिम आदेश दिएको छ ।
उच्च अदालत पाटनका न्यायाधीश रमेशप्रसाद भण्डारीको एकल इजलासले सोमबार बैंक जमानत जफत गरी कालोसूचीमा राख्ने निर्णयविरुद्धको रिटमा यस्तो आदेश जारी गरेको हो ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी समेत रहेका सारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज कम्पनीलाई कालोसूचीमा राख्ने कृषि सामग्री कम्पनीको पत्र कार्यान्वयन नगर्न आदेश दिइएको छ ।
सरकार र ठेकेदार दुवै पक्षलाई भदौ ३१ गते छलफलका लागि बोलाएको छ ।
कृषि सामग्री कम्पनीले शैलुङ इन्टरप्राइजेज प्रालिलाई भदौ २२ गते बैंक जमानत जफत गरी कालोसूचीमा राख्ने निर्णय गरेको थियो ।
सो निर्णय खारेजीको माग गर्दै शैलुङ इन्टरप्राइजेजले कम्पनीविरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया