असोज १ बाट सार्वजनिक यातायात र हवाइ उडान चल्ने, कुलमानलाई झट्का, बामदेव सांसद

काठमाडौं । सरकारले असोज ५ गतेदेखि सार्वजनिक यातायात र हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ ।

बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सार्वजनिक यातायात र हवाई उडानसञ्चालन गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य मापदण्ड अपनाएर हवाई उडान र सार्वजनिक यातायात शुरू गर्ने निर्णय भएको एक मन्त्रीले बताएका छन् ।

त्यसैगरी, सरकारले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको सांसद पदमा मनोनीत गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

बैठकले गौतमलाई राष्ट्रिय सभाका लागि सिफारिस गरेको छ । भदौ १८ गते बसेको नेकपा सचिवालय बैठकले गौतमको नाम सिफारिस गरेको थियो ।

राष्ट्रिय सभामा मन्त्रिपरिषदबाट सिफारिस एक जना सांसदको स्थान गत फागुन २० गतेदेखि खाली छ ।

सरकारले नेपाल बिद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङका बारेमा कुनै पनि निर्णय गरेको छैन । घिसिङलाई सरकारले विदाइ गरिदिएको छ ।

उर्जा, जलस्रोत तथा सिचाइँमन्त्री वर्षमान पुनले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्तिबारे फाइलनै लगेका थिएनन् ।

Published : Monday, 2020 September 14, 9:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया