तरुण दलद्वारा चागुनाराणभित्रका प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान
भक्तपुर । वीपी कोइरालाको १०७औं जन्म जयन्तीको अवसर पारेर नेपाल तरुण दल चागुनारायण नगरपालिका कार्यसमितिले उच्च जोखिममा रहेका प्रहरीलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।
तरुण दल भक्तपुरका जिल्ला अध्यक्ष राजु थापाको निर्देशनअनुसार तरुण दल चागुनारायण नगर समितिले चाँगुनारायण नगरपालिकाभित्र रहेका सम्पूर्ण प्रहरी प्रभागमै पुगेर विभिन्न स्वास्थ्य सामग्री बितरण गरिएको हो ।
भक्तपुर तरुण दलका नेता राजु पुरीले सुरक्षाकर्मीहरू सबैभन्दा धेरै जाेखिममा रहेकाे बताए । तरुण दलका साथीहरूबाट भएकाे सहयाेगले थाेरै भएपनि राहत हुने बताए ।
तरुण दलका नगर अध्यक्ष गोविन्द थापा लगायत नगर समितिले सुरक्षाकर्मीहरूलाई कोरोना नियन्त्रण र शान्ति सुरक्षा बनाउन खटिने बेला कोरोनाभाइरसको संक्रमणबाट बच्नका लागि सहयोग होस् भनेर वितरण गरिएको जनाएका छन् ।
भक्तपुर तरुण दलका अध्यक्ष राजु थापाले सबै समितिहरूलाई वीपी कोइरालाको जन्म जयन्तीका अवसरमा विभिन्न रचनात्मक कार्यहरू गर्न निर्देशन दिएका थिए ।





बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया