निषेधाज्ञाका बेला भक्तपुरमा घरभित्र तीन जनाको शव भेटियो
काठमाडौं । निषेधाज्ञाका बेला भक्तपुर जिल्लामा एउटै घरका तीन जना आफ्नै घरमा मृत भेटिएका छन् ।
शुक्रबार मध्यपुर थिमी नगरपालिका– ९ निकोसेरामा सुदीप अधिकारी, उनकी पत्नी सुशीला र छोरा सुशान्त मृत अवस्थामा भेटिएको प्रहरी स्रोतले जनाएको छ ।
उनीहरूको मृत्युको कारण खुल्न सकेको छैन । घटनास्थलमा भक्तपुरका एसपी तारादेवी थापा र महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाको टोली पुगेको छ ।
घटनाका विषयमा विस्तृत जानकारी आइसकेको छैन ।
Published : Friday, 2020 September 11, 7:42 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया